सिंहदरबारमा जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको विशेष छलफल

सिंहदरबारमा जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको विशेष छलफल
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार १२:५८
सिंहदरबारमा जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको विशेष छलफल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका युवा सांसदहरूसँग विशेष छलफल गरेका छन्।

युवा जनशक्ति, प्रविधि र समसामयिक विकासका विषयमा केन्द्रित छलफलमा डिजिटल सुशासन, युवा स्वरोजगार, स्टार्टअप नीति, प्राविधिक शिक्षा, स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनलगायतका विषयमा छलफल भइरहेको छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले युवा पुस्ताका जनप्रतिनिधिका सोच, जनअपेक्षा र अनुभवलाई सरकारी नीति निर्माण तथा बजेट कार्यान्वयनमा कसरी समेट्न सकिन्छ भन्ने विषयमा सांसदहरूसँग सुझाव मागेका छन्।

छलफलमा सहभागी युवा सांसदहरूले सरकारी सेवालाई प्रविधिमैत्री बनाउने, नवप्रवर्तनका लागि सहज ऋण तथा अनुदानको व्यवस्था गर्ने, अनुसन्धानमा लगानी बढाउने र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रभावकारी रणनीति बनाउनुपर्ने विषयमा धारणा राखेका छन्।

युवा पुस्ताको अपेक्षाअनुसार सुशासन र विकासका प्राथमिकता तय गर्न प्रधानमन्त्री शाहले जेनजी प्रतिनिधिहरूसँगको संवादलाई निरन्तरता दिने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १२:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !