मुगु केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्पको धक्का

मुगु केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्पको धक्का
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार ०७:१६
मुगु केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्पको धक्का

काठमाडौं : कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुलाई केन्द्रविन्दु बनाएर आज बिहान लगातार दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर बुधबार बिहान १:५१ बजे र ४:२८ बजे भूकम्पका धक्काहरू मापन गरिएका हुन्।

ADVERTISEMENT

केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र त्यसको केही घण्टापछि बिहान ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का मुगुका साथै छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

भूकम्पका कारण कुनै भौतिक वा मानवीय क्षति भए/नभएकोबारे विवरण आउन बाँकी रहेको र स्थानीय प्रशासनले स्थितिबारे जानकारी लिइरहेको छ।

पश्चिम नेपालमा पछिल्लो समय साना तथा मझौला खालका भूकम्पका धक्काहरू निरन्तर गइरहेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०७:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !