मदन दास तत्माको बचाउ अभियानमा मोरबैता फाउन्डेसनका संरक्षक बब्लु मोरबैताको आर्थिक सहयोग

मदन दास तत्माको बचाउ अभियानमा मोरबैता फाउन्डेसनका संरक्षक बब्लु मोरबैताको आर्थिक सहयोग
राघव मण्डल राघव मण्डल २०८३ भाद्र २९, सोमबार २१:५१
मदन दास तत्माको बचाउ अभियानमा मोरबैता फाउन्डेसनका संरक्षक बब्लु मोरबैताको आर्थिक सहयोग

जनकपुरधाम : सिरहाको नवराजपुर गाउँपालिका–१, गेरुवाहा निवासी मदन दास तत्माको बचाउ अभियानमा मोरबैता फाउन्डेसनका संरक्षक बब्लु कुमार मोरबैताले आर्थिक सहयोग गरेका छन्।

मोरबैताले मदन दास तत्माको बचाउ अभियानका लागि १० हजार ४ सय ६९ रुपैयाँ सहयोग गरेका हुन्। आर्थिक अभावका कारण उपचारमा समस्यामा परेका मदन दासलाई सहयोग जुटाउने अभियानमा आफ्नो तर्फबाट सहयोग गरेको उनले बताएका छन्।

ADVERTISEMENT

मोरबैता फाउन्डेसनका संरक्षक मोरबैता धनुषाको कमला नगरपालिका–४, बरेर्बा निवासी हुन्। उनी हाल अमेरिकामा रहेर सामाजिक तथा मानवीय सहयोगका गतिविधिमा समेत जोडिँदै आएका छन्।

फाउन्डेसनका संरक्षक मोरबैताले गरिब, विपन्न, असहाय तथा पीडित व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै आएको फाउन्डेसनले बताए। आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई संकटका बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उनको भनाइ छ।

मदन दास तत्माको बचाउ अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरिरहेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार २१:५१
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !