मोरङको उर्लाबारी र मिक्लाजुङमा ५ ट्याक्टर नियन्त्रणमा

मोरङको उर्लाबारी र मिक्लाजुङमा ५ ट्याक्टर नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १३:५७
मोरङको उर्लाबारी र मिक्लाजुङमा ५ ट्याक्टर नियन्त्रणमा

विराटनगर : सशस्त्र प्रहरी बलले मोरङस्थित विभिन्न खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा लोड गरिरहेका ५ ट्याक्टर नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरू उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा हिरासतमा राखिएका छन्।
मोरङका सीमा नाकाबाट भारततर्फबाट भन्सार छलि गरी भित्रिएका ४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सामग्री बरामद गरिएको छ।
खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल कंकालिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार बेलुकी मोरङको उर्लाबारी नगरपालिकास्थित सुनझोडा खोला, मावा खोला र मिक्लाजुंग गाउँपालिकास्थित बक्राहा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सुनझोडा खोलाबाट प्रदेश नं १-०४-००१ त ०३४२ नम्बरको ट्याक्टरलाई ढुंगा लोड गरी निस्कँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उर्लाबारी नगरपालिका-१ स्थित मावा खोलामा प्रदेश नं १-०२-००३ त १३५५ नम्बरको ट्याक्टरलाई बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

मिक्लाजुङ गाउँपालिकाको मलामी टहरास्थित बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश नं. १-०२-००३ त १३ नम्बरको ट्याक्टरलाई समेत बालुवा, ढुंगागिटी निकालेर लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको उर्लाबारीस्थित सुरक्षा बेशबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मोरङका प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टर उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा राखिएको छ । यसैगरी सशस्त्र प्रहरी बलको टोलीले मोरङका विभिन्न सीमानाकामा भारततर्फबाट भन्सार छलि गरी भित्रिएका ४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ । अवैध रुपमा भित्रिएका फलफूल, लत्ताकपडा, कस्मेटिक, मेशिनरी सरसमानदेखि किराना पसलका सामग्री सशस्त्र प्रहरीको टोलीले बरामद गरी विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १३:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !