बेत्रावतीको एउटै घरबाट २४ शव निकालियो

बेत्रावतीको एउटै घरबाट २४ शव निकालियो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १२:०७
बेत्रावतीको एउटै घरबाट २४ शव निकालियो

काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको एउटै घरबाट २४ जनाको शव निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट रहेको घरभित्रबाट २४ वटा शव फेला पारेर निकालिएको हो।

ADVERTISEMENT

‘हाम्रो क्षमताले भ्याएसम्म खोजतलास गरेर २४ वटा शव निकालेका छौं। अन्य स्थानमा भने अझै खोजी गर्न बाँकी छ,’ एसपी रेग्मीले बताए।

निकालिएका शवको मुचुल्का तयार पार्ने तथा पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। हालसम्म शवहरूको सनाखत हुन सकेको छैन।

मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइने एसपी रेग्मीले जानकारी दिए।

गत १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। सोही बाढीका कारण एउटै घरभित्र ठूलो संख्यामा मानिस मृत अवस्थामा फेला परेका हुन्।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !