सिरहाको औरहीमा रसुवा बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

सिरहाको औरहीमा रसुवा बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली
मधेश पत्र मधेश पत्र २०८३ भाद्र ११, बिहीबार २०:२९
सिरहाको औरहीमा रसुवा बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

सिराहा — रसुवा जिल्लाबाट सुरु भएको बाढी तथा विपद्का कारण ज्यान गुमाएका मृतकहरूप्रति सिराहाको औरही गाउँपालिकामा श्रद्धाञ्जली अर्पण गरिएको छ।

औरही गाउँपालिका–५, हटिया चौकमा स्थानीय जनप्रतिनिधि, शिक्षक, युवा, राजनीतिकर्मी, समाजसेवी तथा व्यापारीहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।

ADVERTISEMENT

त्यसैगरी, बाढीबाट घाइते तथा अङ्गभङ्ग भएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

कार्यक्रममा विपद्को यस दुःखद घडीमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट भई सहयोग र हातेमालो गर्नुपर्नेमा जोड दिइएको थियो।

“विपद्मा पीडितको साथमा उभिनु नै मानवताको पहिचान हो।” भन्दै सहभागीहरूले सहयोग र सहकार्यका लागि सबैमा अपिल गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार २०:२९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !