मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १४:३६
मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

ADVERTISEMENT

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका हुन्।

सोही व्यवस्थाअनुसार कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई पार्टीको निर्णयअनुसार मतदान गर्न ह्विप जारी गरेको हो।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १४:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !