खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १२:५७
खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

जनकपुर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्ने संवैधानिक व्यवस्थाअनुसार भट्टलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

ADVERTISEMENT

भट्टलाई नेकपा (एमाले)ले समर्थन गरेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २० र एमालेका ११ सांसद रहेका छन्। यी दुई दलको समर्थनबाट भट्टले आवश्यक बहुमत जुटाएका हुन्।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १२:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !