जेएन थपलियालाई एमाले बागमती संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव

जेएन थपलियालाई एमाले बागमती संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २७, बुधबार १७:०९
जेएन थपलियालाई एमाले बागमती संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको स्रोतले जनाएको छ। पार्टीको निर्देशनअनुसार दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको र त्यसैअनुसार प्रस्ताव दर्ता गरिएको एक प्रदेश सांसदले बताए।

ADVERTISEMENT

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको पुष्टि गरेका छन्। ‘प्रक्रिया अगाडि बढेको बुझेको छु। थप विवरण भने मसँग आएको छैन,’ ढुंगेलले बताए।

थपलियालाई हटाएर किरण थापामगरलाई संसदीय दलको नेता बनाउने तयारीस्वरूप यसअघि नै एमालेका प्रदेश सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको थियो।

तर, भक्तपुरको गुन्डुमा यस विषयमा छलफल भइरहेका बेला थपलिया बेहोस भएपछि अविश्वास प्रस्ताव अघि बढाउने प्रक्रिया रोकिएको थियो। अहिले पुनः प्रस्ताव दर्ता गर्दै उनलाई संसदीय दलको नेताबाट हटाउने प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार १७:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !