डा. सीके राउतको आह्वान : अग्रगामी मोर्चाको ऐतिहासिक घोषणा समारोहमा सहभागी हुन आग्रह

डा. सीके राउतको आह्वान : अग्रगामी मोर्चाको ऐतिहासिक घोषणा समारोहमा सहभागी हुन आग्रह
राघव मण्डल राघव मण्डल २०८३ श्रावण १९, मंगलवार १६:३८
डा. सीके राउतको आह्वान : अग्रगामी मोर्चाको ऐतिहासिक घोषणा समारोहमा सहभागी हुन आग्रह

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न राजनीतिक दलहरूको संयुक्त पहलमा गठन हुन लागेको ‘अग्रगामी मोर्चा’ को ऐतिहासिक घोषणा समारोहमा सहभागी हुन सम्पूर्ण नागरिकलाई हार्दिक आह्वान गरेका छन्।

उनले देशको वर्तमान राजनीतिक संकटबाट अग्रगामी निकास दिन, जेलिँदै गएका राष्ट्रिय समस्याको समाधान खोज्न तथा लोकतान्त्रिक मूल्य–मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि मोर्चा गठन गर्न लागिएको बताएका छन्।

ADVERTISEMENT

डा. राउतका अनुसार नेपाली जनताको समानता, स्वतन्त्रता, सामाजिक न्याय, समावेशिता, सुशासन, दिगो शान्ति र समृद्ध नेपालको आकांक्षालाई परिणामसम्म पुर्‍याउने साझा उद्देश्यका साथ विभिन्न राजनीतिक दलहरू एउटै मोर्चामा आबद्ध भएका हुन्।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी लगायतका दलहरूको सहभागिता रहने जनाइएको छ।

मोर्चाले लोकतान्त्रिक मूल्य, संघीयता र समावेशी शासन व्यवस्थालाई थप सुदृढ गर्दै राष्ट्रिय सहमति र साझा राजनीतिक अभियानलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। घोषणा समारोहलाई ऐतिहासिक बनाउने उद्देश्यका साथ सबै राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई उपस्थित हुन आग्रह गरिएको छ।

अग्रगामी मोर्चाको घोषणा समारोह २०८३ साल श्रावण २३ गते शनिबार दिउँसो १:०० बजे काठमाडौं ब्याङ्क्वेट, थापागाउँ, बानेश्वरमा आयोजना हुने जनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार १६:३८
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !