मन्दिरमा फेला परेको शवका विषयमा अफवाह नफैलाउन धनुषा प्रहरीको आग्रह

मन्दिरमा फेला परेको शवका विषयमा अफवाह नफैलाउन धनुषा प्रहरीको आग्रह
राघव मण्डल राघव मण्डल २०८३ श्रावण १५, शुक्रबार १४:३६
मन्दिरमा फेला परेको शवका विषयमा अफवाह नफैलाउन धनुषा प्रहरीको आग्रह

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका–१२ स्थित नहरचोकमा रहेको मन्दिर परिसरमा फेला परेको शवका विषयमा भ्रामक र अपुष्ट समाचार नफैलाउन जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार साउन १४ गते राति मन्दिर परिसरमा फेला परेको मृतक व्यक्ति मन्दिरका पुजारी नभएको स्पष्ट पारिएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक करिब ४० वर्षीय पुरुष रहेको र उनी कृषि क्षेत्रमा ज्याला मजदुरी गर्ने तथा रातिको समयमा नियमित रूपमा सोही मन्दिरमा सुत्ने गरेको खुलेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधुसुधन न्यौपानेले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा मृतकलाई मन्दिरका पुजारीका रूपमा प्रस्तुत गर्दै धार्मिक तथा सामाजिक सद्भावमा असर पर्ने किसिमका सामग्री प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले अपुष्ट सूचना र अफवाह नफैलाउन तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै नागरिक, सञ्चारमाध्यम र सरोकारवालासँग सहयोगको अपिल गरेका छन्।

धनुषामा हनुमान मन्दिरका सेवकको ह*त्या, धारिलो हतियार प्रहार

 

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १४:३६
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !