धनुषामा हनुमान मन्दिरका सेवकको ह*त्या, धारिलो हतियार प्रहार

धनुषामा हनुमान मन्दिरका सेवकको ह*त्या, धारिलो हतियार प्रहार
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८३ श्रावण १५, शुक्रबार १०:३६
धनुषामा हनुमान मन्दिरका सेवकको ह*त्या, धारिलो हतियार प्रहार

रघुनाथपुर(धनुषा) : धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरका सेवकको हत्या भएको छ।

प्रहरीका अनुसार मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनको शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

मृतक राउत धनुषाको हँसपुर नगरपालिका–३ मलहनियाका स्थायी बासिन्दा हुन्। उनी रघुनाथपुरस्थित हनुमान मन्दिरमा सेवकका रूपमा बस्दै आएका थिए। स्थानीयका अनुसार उनले करिब ३० वर्षदेखि मन्दिरको सरसफाइ तथा सेवामा निरन्तर योगदान दिँदै आएका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले हत्या कसले र किन गरेको भन्ने विषय अझै खुल्न नसकेको बताए। उनका अनुसार घटनास्थलको सूक्ष्म अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १०:३६
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !