सिरहामा तनाव चर्कियो, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार १५:५१
सिरहामा तनाव चर्कियो, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहा : सुनसरीको कप्तानगञ्ज घटनाको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ।

आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

ADVERTISEMENT

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्युका बाबजुद केही स्थानमा प्रदर्शन तथा तनावपूर्ण गतिविधि जारी रहेको जनाइएको छ। सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १५:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !