‘बर्न वार्ड’ सञ्चालनबारे प्रधानमन्त्री कार्यालयको निर्देशनको आधिकारिकता पुष्टि गर्न खुश्बु ओलीको माग

‘बर्न वार्ड’ सञ्चालनबारे प्रधानमन्त्री कार्यालयको निर्देशनको आधिकारिकता पुष्टि गर्न खुश्बु ओलीको माग
मधेशपत्र मधेशपत्र २०८३ असार ३०, मंगलवार १६:१८
‘बर्न वार्ड’ सञ्चालनबारे प्रधानमन्त्री कार्यालयको निर्देशनको आधिकारिकता पुष्टि गर्न खुश्बु ओलीको माग

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गरेकी हुन्।

ADVERTISEMENT

प्रमुख सचेतक ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाइन्। सम्बन्धित निकायहरूबाट औपचारिक निर्देशन प्राप्त नभएको जानकारी आएको उल्लेख गर्दै उनले निर्णय भएको भए स्पष्ट पार्न र नभएको भए खण्डन गर्न सरकारलाई चुनौती दिइन्।

सांसद ओलीले कीर्तिपुर बर्न अस्पताललाई ‘राष्ट्रिय प्रशिक्षण केन्द्र’ बनाएर देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा तत्कालका लागि एक महिनाको भएपनि विशेष जलन व्यवस्थापन तालिम दिन सुझाव दिइन्।

साथै, प्रदेश अस्पतालहरू सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुरमा निःशुल्क र शिघ्र रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न माग गरिन्। कीर्तिपुर अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारको समयदेखि नै रोक्का भएको भन्दै उनले उक्त रकम तत्काल उपलब्ध गराउन आग्रह गरिन्।

कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन र सरोकारवालासँगको छलफललाई उद्धृत गर्दै उनले नेपालमा वार्ड मात्र नभई समग्र ‘बर्न उपचार प्रणाली’ मै सुधारको खाँचो रहेको औँल्याइन्।

प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार १६:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !