विद्यालय परिसरमा अव्यवस्थित विद्युत् तार-दुर्घटनाको जोखिम बढ्दै,सम्बधित निकायको अटेरी

विद्यालय परिसरमा अव्यवस्थित विद्युत् तार-दुर्घटनाको जोखिम बढ्दै,सम्बधित निकायको अटेरी
मधेश पत्र मधेश पत्र २०८३ असार ११, बिहीबार १९:३२
विद्यालय परिसरमा अव्यवस्थित विद्युत् तार-दुर्घटनाको जोखिम बढ्दै,सम्बधित निकायको अटेरी

औरही, सिराहा । सिराहाको औरही गाउँपालिका स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालय ले विद्यालय परिसरभित्र रहेका अव्यवस्थित विद्युत् तारका कारण विद्यार्थीहरू दुर्घटनाको उच्च जोखिममा रहेको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव का अनुसार विद्यालयले सम्भावित दुर्घटना रोक्नका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदै आएको भए पनि समस्या समाधान हुन सकेको छैन। विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत यस विषयमा गुनासो सार्वजनिक गरेको छ।

ADVERTISEMENT

विद्यालय प्रशासनका अनुसार विद्यालय परिसरभित्र झुन्डिएका तथा अव्यवस्थित विद्युत् तारका कारण विशेषगरी विद्यार्थीहरू जोखिममा परेका छन्। यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट आवश्यक पहल नभएको विद्यालयको भनाइ छ।

स्थानीयवासीहरूले सार्वजनिक तथा सरकारी शैक्षिक संस्थाले नै आधारभूत सुरक्षा व्यवस्थाका लागि यति धेरै कठिनाइ भोग्नुपरेको अवस्थामा सामान्य नागरिकका समस्या झन् कति जटिल होलान् भन्ने प्रश्न उठाएका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल निरीक्षण गरी आवश्यक मर्मत तथा व्यवस्थापन गर्न माग गरेका छन्।

विद्यालयले कुनै अप्रिय घटना हुनुअघि नै आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई पुनः आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ असार ११, बिहीबार १९:३२
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !