चार दिनको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

चार दिनको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ ३१, आईतवार १०:११
चार दिनको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौंः परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा बेइजिङतर्फ प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।

ADVERTISEMENT

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा परराष्ट्रमन्त्री खनालले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनेछन्।

प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार १०:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !