राष्ट्रपतिको सम्बोधन र सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

राष्ट्रपतिको सम्बोधन र सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २८, सोमबार १४:०७
राष्ट्रपतिको सम्बोधन र सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं : मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार १४:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !