जनमत पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता नलिइएको अर्थमन्त्री यादवको स्पष्टोक्ति

जनमत पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता नलिइएको अर्थमन्त्री यादवको स्पष्टोक्ति
सुनिल कर्ण सुनिल कर्ण २०८३ बैशाख २२, मंगलवार १०:२२
जनमत पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता नलिइएको अर्थमन्त्री यादवको स्पष्टोक्ति

जनकपुरधाम : जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन हालसम्म कायम रहेको स्पष्ट पारेको छ। पार्टीको संसदीय दलको कार्यालयमार्फत प्रदेश प्रमुखलाई पठाइएको पत्रमा उक्त कुरा उल्लेख गरिएको हो।

प्रदेश सरकारका अर्थमन्त्री तथा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले आफू नै दलको नेता रहेको उल्लेख गर्दै हालसम्म संसदीय दलको कुनै औपचारिक बैठक नबसेको र समर्थन फिर्ता सम्बन्धी कुनै नयाँ निर्णय नभएको बताएका छन्।

ADVERTISEMENT

यस आधारमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीको समर्थन यथावत रहेको जानकारी गराइएको छ।

पत्रमा भनिएको छ, “पार्टीले सरकारबाट समर्थन फिर्ता लिने वा अन्य कुनै निर्णय गरेको भन्ने आधिकारिक जानकारी नभएकाले हालको समर्थन निरन्तर रहेको मान्न अनुरोध गरिएको छ।”

प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार १०:२२

सुनिल कर्ण

लेखक

तपाईको प्रतिक्रिया !