बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा

बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २०, आईतवार १४:३१
बनस्थलीमा रास्वपा सचिवालय बैठक, स्थानीय चुनाव र संगठन सुदृढीकरण मुख्य एजेन्डा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरुभएको हो।

बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण मुख्य एजेन्डा छन्। बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ लाई प्राथमिकतामा राखेर छलफल गरिँदैछ ।

ADVERTISEMENT

यससँगै संसदीय दलको विधान संशोधनबारे आवश्यक निर्णय लिइँदैछ । विधान संशोधनसहित समसामयिक विषयहरूमा छलफल गरी संगठन सुदृढीकरणको स्पष्ट मार्गचित्र तय गरिने प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रकाशित मिति: २०८३ बैशाख २०, आईतवार १४:३१
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !