जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा

जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २०, आईतवार ०८:५१
जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा

एजेन्सी : पेन्टागनका प्रवक्ता सन पार्नेलले जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

पश्चिम एशियामा जारी युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको जनाएको हो । यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको प्रवक्ता पार्नेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४ सय ३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए । भने इटालीमा १२ हजार ६ सय ६२ र स्पेनमा तीन हजार ८ सय १४ अमेरिकी सैनिक थिए । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिने जानकारी गराउनुभएको छ ।

युरोपेली संघले गत वर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागू हुनेगरी युरोपेली संघबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिने बताउनुभयो। नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समार्फत यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिने बताउनुभएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख २०, आईतवार ०८:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !