डान्स बारमा झडप, २ घाइते, ३ जना पक्राउ

डान्स बारमा झडप, २ घाइते, ३ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १४, सोमबार १०:३९
डान्स बारमा झडप, २ घाइते, ३ जना पक्राउ

बिराटनगरः झापाको बिर्तामोडमा रहेको एक डान्स बारमा दुई समूहबिच झडप हुँदा दुईजना घाइते भएका छन्।

बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित ‘गन्तव्य डान्स बार’मा गए राति करिब डेढ बजेतिर दुई समूहबिच भएको विवादका क्रममा झडप भएको हो।

ADVERTISEMENT

झडपका क्रममा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा झापाको मेचीनगर नगरपालिका १ निवासी २० वर्षीय सिद्धार्थ शाही र सोही स्थानका ३० वर्षीय कर्ण राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ का २१ वर्षीय निशान लामा, सोही ठाउँका २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर नगरपालिका ८ का २२ वर्षीय नित्य राजवंशी रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न भनिएका अर्जुनधारा नगरपालिकाका २० वर्षीय लाक्पा तामाङ भने हाल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार १०:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !