कांग्रेस कमला नगर अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेस कमला नगर अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ११, आईतवार २१:४८
कांग्रेस कमला नगर अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशन सोमबार कमला नगरपालिका–३, लगमास्थित हनुमान चौकमा हुने भएको छ।

नगर सचिव त्रिभुवन यादवले सूचना जारी गर्दै अधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन्।

ADVERTISEMENT

कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यस्तै, बिहान १० बजेदेखि १०ः३० बजेसम्म उम्मेदवारी फिर्ता, १०ः३१ बजेदेखि ११ बजेसम्म दाबी–विरोध र ११ः०१ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसपछि दिउँसो २ बजेदेखि ४ः३० बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

नगर सचिव यादवले निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण उम्मेदवार, क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्। उनले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार २१:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !