कमला क्रिकेट लिगमा सहभागी हुन वडा टिमलाई आह्वान

कमला क्रिकेट लिगमा सहभागी हुन वडा टिमलाई आह्वान
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ११, आईतवार ०९:३८
कमला क्रिकेट लिगमा सहभागी हुन वडा टिमलाई आह्वान

जनकपुरधाम : कमला युथ क्लब, सघारा–४ को आयोजनामा कमला नगरपालिकाभित्रका विभिन्न वडाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले कमला क्रिकेट लिग–२०८३ आयोजना हुने भएको छ।

आयोजकका अनुसार आगामी २०८३ कात्तिक १ गतेदेखि क्रिकेट लिग सञ्चालन गर्न लागिएको हो। नगरपालिकाभित्रका सम्पूर्ण वडाको सहभागिता रहने गरी प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

ADVERTISEMENT

प्रतियोगितामा सहभागी हुन कमला नगरपालिकाका सबै वडालाई आफ्नो वडा टिम तयार गरी सहभागिता जनाउन आयोजकले अनुरोध गरेको छ। स्थानीयस्तरमा क्रिकेट खेलको विकास, युवाको खेलकुदप्रतिको आकर्षण बढाउने तथा विभिन्न वडाबीच आपसी भाइचारा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक वडाका सम्बन्धित पदाधिकारी, खेलाडी तथा टिम व्यवस्थापनलाई आवश्यक प्रक्रिया पूरा गरी समयमै सम्पर्क तथा सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

कमला युथ क्लबले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार ०९:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !