बालबालिका खोजतलास केन्द्र १०४ को भवन मर्मतपछि हस्तान्तरण

बालबालिका खोजतलास केन्द्र १०४ को भवन मर्मतपछि हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ९, शुक्रबार १७:५२
बालबालिका खोजतलास केन्द्र १०४ को भवन मर्मतपछि हस्तान्तरण

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–९ स्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ को भवन मर्मतसम्भारपछि पुनः सञ्चालनमा ल्याइएको छ।

वर्ल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मर्मत गरिएको भवनको शुक्रबार मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशीलकुमार साहले उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

मन्त्रालयको सामाजिक महाशाखा प्रमुख निर्मला मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासवान, बागमती सेवा समाजका कार्यकारी निर्देशक रामकृष्ण राम, कुमार भण्डारी, सुदीपकुमार झा, जानकी महिला जागरण समाज जनकपुरधामका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा बागमती सेवा समाजका कार्यकारी निर्देशक रामकृष्ण रामले बालबालिकाको खोजतलास, उद्धार तथा राहतमा सक्रिय केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रमुख अतिथि साहले केन्द्रको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले बालबालिकाको खोजतलास तथा उद्धारमा सहजता होस् भन्ने उद्देश्यले प्रदेश सरकारबाट चारपांग्रे सवारीसाधन उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन राष्ट्रिय बालअधिकार परिषद्, मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीवकुमार महतोले गरेका थिए।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १७:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !