भोटेकोशी बाढीमा बुबा बेपत्ता भएका दाजुबहिनीको जिम्मा मधेशी एकता समाजले लियो

भोटेकोशी बाढीमा बुबा बेपत्ता भएका दाजुबहिनीको जिम्मा मधेशी एकता समाजले लियो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ९, शुक्रबार १७:३९
भोटेकोशी बाढीमा बुबा बेपत्ता भएका दाजुबहिनीको जिम्मा मधेशी एकता समाजले लियो

राजविराज : भोटेकोशी नदीमा आएको बाढीपछि बुबा बेपत्ता र आमा गुमाएका सप्तरीका दुई बालबालिकाको पालनपोषण, बसोबास र शिक्षाको जिम्मा मधेशी एकता समाजले लिएको छ।

राजविराज नगरपालिका–१६ बोरियाका १३ वर्षीय शोभा सदा र ७ वर्षीया बिभा सदाको जिम्मा समाजकी नेपाल इकाइ अध्यक्ष डा. बबी सिंहले लिएकी हुन्।

ADVERTISEMENT

उनीहरूका बुबा ४५ वर्षीय बेचन सदा मजदुरीका लागि रसुवा पुगेका थिए। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनी बेपत्ता छन्। उनकी श्रीमती फुलियादेवीको क्यान्सरका कारण गत कात्तिकमा मृत्यु भएको थियो।

समाजकी अध्यक्ष सिंहले दाजुबहिनीलाई बोदे बरसाइन नगरपालिका–५ स्थित आफ्नै घरमा राखेर चन्द्रा नमुना माध्यमिक विद्यालयमा भर्ना गर्ने बताएकी छन्।

बाढीमा बेपत्ता भएका सोही टोलका २८ वर्षीय सुरेन्द्र सदाको परिवारलाई समाजले १५ हजार रुपैयाँ सहयोग गरिसकेको छ। ३० वर्षीय शिवकुमार सदाको परिवारलाई पनि सहयोग गर्ने सिंहले बताएकी छन्।

मधेशी एकता समाजले बाढीबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १७:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !