धनुषामा २१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

धनुषामा २१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १८:४७
धनुषामा २१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–४ बाट २१ वर्षीया तबसुम खातुन मण्डल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट खातुन मण्डल क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्।

ADVERTISEMENT

उनी कमला नगरपालिका–४ की नेपाली कांग्रेसकी क्रियाशील सदस्य हुन्। कम उमेरमै पार्टीको क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएपछि उनले पार्टी संगठनमा युवाको सहभागितालाई थप बल पुग्ने बताएकी छन्।

खातुन मण्डलले युवाहरूलाई पार्टी संगठनमा सक्रिय रूपमा सहभागी गराउँदै आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्ने बताइन्।

कांग्रेसको महाधिवेशनअन्तर्गत वडा तहमा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले क्रमशः माथिल्ला तहका अधिवेशनमा सहभागी हुनेछन्।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १८:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !