मधेश सरकारद्वारा सशस्त्र प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

मधेश सरकारद्वारा सशस्त्र प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १७:४९
मधेश सरकारद्वारा सशस्त्र प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

जनकपुरधाम : मधेश प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मधेश प्रदेश सरकारका गृह, कानुन तथा सञ्चारमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डीआइजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो र ब्लुबुक हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

सीमा सुरक्षा, शान्ति सुरक्षा तथा नियमित गस्तीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीलाई मोटरसाइकल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार मात्रै मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल उपलब्ध गराएको थियो ।

मन्त्री महतोका अनुसार प्रदेश सरकारले सुरक्षा निकायका लागि थप १० थान मोटरसाइकल आवश्यकताका आधारमा सम्बन्धित स्थानमा उपलब्ध गराउने तयारीसमेत गरेको छ ।

मन्त्री महतोले प्रदेशका सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताए ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १७:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !