शाहरुख खान भारतकै धनी अभिनेता

शाहरुख खान भारतकै धनी अभिनेता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १६:०९
शाहरुख खान भारतकै धनी अभिनेता

काठमाडौं : बलिउड अभिनेता शाहरुख खान लगातार दोस्रो वर्ष भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन्।

एक वर्षमा दुई हजार पाँच सय करोड भारतीय रुपैयाँले घटेर पनि उनी लगातार दोस्रो वर्ष धनी अभिनेता नै बनेका छन्।

ADVERTISEMENT

‘हुरून इन्डिया रिच लिस्ट २०२६’ अनुसार उनको अनुमानित सम्पत्ति १० हजार करोड भारू छ।

गत वर्ष १२ हजार ४९० करोड भारू रहेको उनको सम्पत्ति यस वर्ष २ हजार ४९० करोडले घटेको हो। उनको सम्पत्तिमा फिल्म आम्दानीसँगै रेड चिलिज इन्टरटेनमेन्ट र कोलकाता नाइट राइडर्समा रहेको लगानीसमेत समावेश छ।

सूचीमा अमिताभ बच्चन ४ हजार करोड, सलमान खान ३ हजार करोड र ऋतिक रोशन २ हजार ५ सय करोड भारू सम्पत्तिसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

शाहरूख अहिले आफ्नो आगामी फिल्म ‘किङ’का कारण पनि थप चर्चामा छन्। सिद्धार्थ आनन्द निर्देशित फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी र अभिषेक बच्चनलगायत कलाकारको अभिनय छ।

‘किङ’ आगामी डिसेम्बर २४ (पुस ९) मा प्रदर्शनमा आउने तयारी छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १६:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !