दुबईबाट आएका युवक एयरपोर्टबाटै प्रहरीको नियन्त्रणमा

दुबईबाट आएका युवक एयरपोर्टबाटै प्रहरीको नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १२:३८
दुबईबाट आएका युवक एयरपोर्टबाटै प्रहरीको नियन्त्रणमा

काठमाडौं : दुबईबाट काठमाडौं आउना साथ विमानस्थलमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३० वर्षीय बिराज तिरुवा छन् । उनी फ्लाई दुबईको विमानमार्फत ५ असोजमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

ADVERTISEMENT

उनीविरुद्ध ठगीको मुद्दा रहेको र अध्यागमनको कालोसूचीमा रहेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

उनको मुद्दा नवलपरासी रहेकाले उतै पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १२:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !