सात दिनमा संसद्मा १० विधेयक दर्ता

सात दिनमा संसद्मा १० विधेयक दर्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार ११:३१
सात दिनमा संसद्मा १० विधेयक दर्ता

काठमाडौं : सरकारले पछिल्लो एक सातामा संघीय संसद्मा विभिन्न १० वटा विधेयक दर्ता गरेको छ।

मंगलबार मात्रै सरकारले तीन वटा विधेयक संसद्मा दर्ता गरेको हो। तीमध्ये रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक रहेका छन्।

ADVERTISEMENT

यसअघि असोज ५ गते पाँच वटा विधेयक दर्ता भएका थिए। तीमध्ये डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयकआमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक रहेका छन्।

त्यस्तै, असोज २ गते निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक र असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता भएको थियो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले कानुन निर्माण प्रक्रियालाई तीव्रता दिँदै अघि बढिरहेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बीबीएनजे

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार ११:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !