जनसरोकारका मुद्दा उठाउन ‘जन सरोकार अभियान’ दर्ता गर्ने निर्णय, जितेन्द्र महासेठको अध्यक्षतामा समिति गठन

जनसरोकारका मुद्दा उठाउन ‘जन सरोकार अभियान’ दर्ता गर्ने निर्णय, जितेन्द्र महासेठको अध्यक्षतामा समिति गठन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार १९:२३
जनसरोकारका मुद्दा उठाउन ‘जन सरोकार अभियान’ दर्ता गर्ने निर्णय, जितेन्द्र महासेठको अध्यक्षतामा समिति गठन

जनकपुरधाम : जनसरोकारका विषयलाई संस्थागत रूपमा उठान गर्दै सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि ‘जन सरोकार अभियान’ नामक संस्था दर्ता गर्ने निर्णय गरिएको छ।

मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा सामाजिक अभियानी रघुवीर रायको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

ADVERTISEMENT

बैठकले अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन जितेन्द्र महासेठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।

गठित समितिको उपाध्यक्षमा प्रशान्त झा, महासचिवमा कौशल्या कुशवाहा, कोषाध्यक्षमा अनिल कुमार चौधरी र सचिवमा राजेश कुमार शर्मा चयन भएका छन्।

त्यस्तै, कार्यकारिणी सदस्यमा शत्रुघन मुखिया, निरञ्जन कुमार यादव, गोविन्द कुमार मण्डल र रूपा लामा रहेका छन्।

अभियानलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्न रघुवीर रायको वरिष्ठ सल्लाहकारत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ।

समितिमा कृष्णदेव साह, शंकरप्रसाद साह, परमेश्वर साह, शम्भुनाथ झा, कमलेश मण्डल, प्रमोद साह, सुरेन्द्र दास, शत्रुधन साह, हरि मण्डल, दिनेश सिंह र राजु थापा रहेका छन्। उनीहरूसहित अन्य सहयोगी अग्रज अभियानीहरूले पनि अभियानमा सहकार्य गर्ने जनाइएको छ।

‘जन सरोकार अभियान’ले जनअधिकारको संरक्षण, सुशासन र पारदर्शिता, शिक्षा, स्वास्थ्य तथा पोषणमा पहुँच, वातावरण संरक्षण र सरसफाइलाई प्राथमिकतामा राखेको छ।

त्यस्तै, लागूपदार्थविरुद्ध जनचेतना, विपद् तथा राहत सहयोग, महिला तथा बालबालिकाको अधिकार, युवा सहभागिता, सामाजिक न्याय, डिजिटाइजेसन, रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा आवाज उठाउने र आवश्यक पहल गर्ने उद्देश्य राखेको छ।

विशेषगरी जनकपुरधामलगायत क्षेत्रको व्यवस्थित, स्वच्छ, सुरक्षित, समावेशी र समृद्ध विकासका लागि नागरिक, समुदाय, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच सहकार्यको वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको जनाइएको छ।

अभियानले जनताका समस्या सुन्ने मात्र नभई तिनको समाधानका लागि संगठित रूपमा पहल गर्ने प्रतिबद्धता जनाएको छ।

‘समस्या पहिचानदेखि समाधानको पहलसम्म जनताको साथमा, जनताको पक्षमा’ भन्ने प्रतिबद्धतासहित अघि बढ्ने अभियानले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार १९:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !