परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ११:१४
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत भेटमा छलफल गरिएको थियो ।

दुवै पक्षले नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ११:१४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !