डेटा सेन्टरमा प्राविधिक समस्या, आजको सेयर कारोबार स्थगित

डेटा सेन्टरमा प्राविधिक समस्या, आजको सेयर कारोबार स्थगित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ११:५५
डेटा सेन्टरमा प्राविधिक समस्या, आजको सेयर कारोबार स्थगित

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।

ADVERTISEMENT

डेटा सेन्टरको समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष अनुरोध गरेको थियो।

सोही अनुरोधका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरेको जनाएको छ।

नेप्सेले कारोबार स्थगित गर्नुपरेकोमा लगानीकर्ता तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ११:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !