जनमत पार्टीको राष्ट्रिय सचिवमा संगीतकार सन्तोष राज सहनीको उम्मेदवारी

जनमत पार्टीको राष्ट्रिय सचिवमा संगीतकार सन्तोष राज सहनीको उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ०९:११
जनमत पार्टीको राष्ट्रिय सचिवमा संगीतकार सन्तोष राज सहनीको उम्मेदवारी

काठमाडौं : जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा चर्चित संगीतकार एवं गायक सन्तोष राज सहनीले पार्टीको राष्ट्रिय सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनअन्तर्गत सहनीले राष्ट्रिय सचिव पदका लागि उम्मेदवारी दिएका हुन्। आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनमा सचिव पदका लागि ७ जना निर्वाचित हुने व्यवस्था रहेको छ। सचिव पदमा सहनीसहित १० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

ADVERTISEMENT

सहनी हाल जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यका साथै सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक समेत हुन्। पार्टीको सांस्कृतिक गतिविधिमार्फत विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने अभियानमा उनी सक्रिय रहँदै आएका छन्।

राजनीतिसँगै संगीत क्षेत्रमा समेत परिचित सहनी नेपाली, हिन्दी तथा भोजपुरी भाषाका संगीतकार, गीतकार तथा गायक हुन्। कलाकारितासँगै उनी पार्टीको संगठन निर्माण, राजनीतिक गतिविधि तथा विभिन्न अभियानमा समेत सक्रिय रहँदै आएका छन्।

सहनीले पार्टीभित्र युवापंक्तिबाट आफूलाई समर्थन रहेको दाबी गर्दै राष्ट्रिय सचिव पदमा विजयी हुने विश्वास व्यक्त गरेका छन्। उनको उम्मेदवारीलाई पार्टीको आगामी केन्द्रीय नेतृत्व चयन प्रक्रियाको एक महत्वपूर्ण हिस्साका रूपमा हेरिएको छ।

जनमत पार्टीले दोस्रो महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्दैछ। पार्टीको निर्वाचन संरचनाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवलगायतका पदमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।

अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन् भने सचिवलगायत अन्य पदमा प्रतिस्पर्धा हुने भएको छ। भएकाले सहनीको उम्मेदवारीलाई पार्टीभित्रको आगामी नेतृत्व चयनसँग जोडेर हेरिएको छ। नमतसँगको यो यात्रा—संगठन, संस्कृति र जनताको आवाजसँग जोडिएको निरन्तर यात्राको रूपमा अघि बढिरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ०९:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !