मोरङबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मोरङबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार १३:०२
मोरङबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

विराटनगर : राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो।

ADVERTISEMENT

दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय उनी बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए।

प्रहरी उपरीक्षक कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो। उनका विरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

दाहाललाई आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रममा सहभागी हुन दाहाल बेलबारी पुगेका थिए। यद्यपि, प्रहरीले उनको कार्यक्रमबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १३:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !