धनकुटामा टाटासुमो दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

धनकुटामा टाटासुमो दुर्घटना : १ जनाको मृत्यु, १० घाइते
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार १२:०१
धनकुटामा टाटासुमो दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

धनकुटा : धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बञ्चरेमा टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को.१ ज २४९४ नम्बरको टाटासुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान करिब ८ः१५ बजे भएको हो।

ADVERTISEMENT

दुर्घटनामा छथरजोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। घाइतेमध्ये छथरजोरपाटी–३ का २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण

  • खगेन्द्र खत्री, ३१ वर्ष, धनकुटा नगरपालिका–९ गुठीटार — चालक
  • धनमाया राई, ४० वर्ष, छथरजोरपाटी–४
  • न्युहाङ सुब्बा, ७ वर्ष, धनमाया राईका छोरा
  • आरध्या लिम्बु, २ वर्ष, धनमाया राईकी छोरी
  • आइन्द्र लिम्बु, २६ वर्ष, छथरजोरपाटी–४
  • अबिन लिम्बु, ३० वर्ष, छथरजोरपाटी–४
  • भवानी लिम्बु, २७ वर्ष, छथरजोरपाटी–३
  • हेमबहादुर लिम्बु, ४७ वर्ष, छथरजोरपाटी–३
  • पुनम लिम्बु, ३३ वर्ष, छथरजोरपाटी–४

प्रहरीका अनुसार घाइतेमध्ये पुनम लिम्बुको अवस्था सामान्य रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १२:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !