रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीति र पार्टी रणनीतिबारे छलफल हुने

रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीति र पार्टी रणनीतिबारे छलफल हुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ०७:२८
रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीति र पार्टी रणनीतिबारे छलफल हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११:०० बजे बैठक आह्वान गरिएको हो।

ADVERTISEMENT

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकाज, र संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे गहन छलफल हुनेछ।

साथै, पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजना, र जनसरोकारका विविध विषयहरूलाई कसरी सशक्त रूपमा उठाउने भन्नेबारे पनि सचिवालय बैठकमा निर्णय लिइने जनाइएको छ। बैठकमा पार्टीका प्रमुख पदाधिकारी तथा सचिवालय सदस्यहरूको उपस्थिति रहनेछ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ०७:२८
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !