संविधान दिवस मनाइँदै

संविधान दिवस मनाइँदै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार १०:२१
संविधान दिवस मनाइँदै

काठमाडौं : ऐतिहासिक संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा आज देशभर संविधान दिवस मनाइँदैछ।

२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान जारी भएको यस ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।

ADVERTISEMENT

संविधान दिवसको अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ।

उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहनेछ।

संघीय सरकारका अतिरिक्त प्रदेश र स्थानीय तह, विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिक स्तरबाट पनि विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १०:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !