माथिल्लो त्रिशूली–१ को टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को टनेलबाट ६ शव निकालियो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार १३:०४
माथिल्लो त्रिशूली–१ को टनेलबाट ६ शव निकालियो

काठमाडौं : रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलको ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा सुरक्षाकर्मीले ६ वटा शव फेला पारेका हुन्।

ADVERTISEMENT

घटनास्थलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत परिचालन गरी खोज तथा उद्धारको काम भइरहेको छ।

टनेलको भित्री भागमा समेत थप शवजस्तो आकृति देखिएको बताइएको छ। त्यहाँ थप खोजी तथा उद्धार कार्य जारी रहेको जंगी अड्डाले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !