चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १४:०८
चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै

काठमाडौं : चीन सरकारले नेपाललाई विपद् राहत तथा उद्धारका लागि २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान, सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली तथा २० लाख अमेरिकी डलर नगद सहयोग नेपाल पठाउने तयारी गरेको हो।

ADVERTISEMENT

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि चीनले उक्त सहयोग उपलब्ध गराउन लागेको जनाइएको छ। सुरुङसम्बन्धी विज्ञहरूको टोलीले जटिल क्षेत्रमा भइरहेका खोज तथा उद्धार कार्यमा आवश्यक प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

यसअघि पनि विभिन्न मित्र राष्ट्रहरूले नेपाललाई विपद् व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। भारतले राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १४:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !