प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ प्रस्थान
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार १२:१२
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ प्रस्थान

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि प्रभावित क्षेत्रतर्फ गएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरू बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।

ADVERTISEMENT

बुधबार रसुवाको भोटेकोसी नदी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढी लगत्तै सरकारले खोज तथा उद्धार र राहतका लागि विभिन्न सरकारी संयन्त्र परिचालन गरेको जनाएको छ।

स्थलगत भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछ। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत वितरण, प्रभावितको पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार पुनःसञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री यथाशीघ्र पुर्‍याउने, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा सञ्चालनलाई तीव्रता दिने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइनेछ।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार १२:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !