आलोचना र निन्दाको फरक छुट्याउन छोडेका छौँ: गगन थापा

आलोचना र निन्दाको फरक छुट्याउन छोडेका छौँ: गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ६, शनिबार १९:३४
आलोचना र निन्दाको फरक छुट्याउन छोडेका छौँ: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले नेता तथा कार्यकर्ताले आलोचना र निन्दाको फरक छुट्याउन छोडेको औंल्याएका छन्।

शनिबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ संवाद कार्यक्रममा बोल्दै थापाले आलोचना र निन्दा फरक भएको जिकिर गरे। कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृति दिवसका अवसरमा संवाद कार्यक्रम आयोजना गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै थापाले भने, ‘ हामी एउटा एक्स्ट्रिममा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्याउन छोडेका छौँ। एकैचोटि निन्दामा पुग्छौँ। अर्को कोणमा फेरि एकैचोटि पूर्ण समर्थनमा पुग्छौँ, जहाँ कुनै प्रश्न नै हुँदैन।’

प्रदीप गिरी यी दुवैभन्दा पर रहेको उनले सुनाए। ‘हामीले पार्टी कार्यालयका बैठकहरूमा थुप्रै साथीहरूसँगै काम ग¥यौँ। अरूबारे अनुमान गर्न सकिन्थ्यो- दायाँपट्टि बसेको हो कि बायाँपट्टि, अहिले सभापतिको पक्षमा बोल्छ कि यता बोल्छ भन्ने। तर प्रदीप गिरी बोल्न उठ्दै गर्दा उहाँले के बोल्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो,’ थापाले भने।

नेता गिरीको चर्चा गर्दै सभापति थापाले गिरीप्रति सबैको एउटा खालको आकर्षण रहेको बताए। ‘उहाँ भित्रैदेखि बोल्नुहुन्थ्यो, उहाँका आफ्नै निश्चित सिद्धान्तहरू थिए तर उहाँको असहमति निन्दाभन्दा धेरै पर थियो र सधैँ गरिने पूर्ण समर्थनभन्दा पनि फरक थियो,’ थापाले भने।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १९:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !