बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी, ड्यु डिलिजेन्स अडिट सुरु

बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी, ड्यु डिलिजेन्स अडिट सुरु
राघव मण्डल राघव मण्डल २०८३ श्रावण २८, बिहीबार १३:४६
बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी, ड्यु डिलिजेन्स अडिट सुरु

बुटवल : लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट) सुरु गरिएको छ।

अर्थ मन्त्रालयबाट खटिएको पाँच सदस्यीय टोलीले कारखानाको भौतिक अवस्था, मेसिनरी तथा उपकरण, बजार सम्भावना र पुनः सञ्चालनका लागि आवश्यक लगानीबारे अध्ययन गरिरहेको छ।

ADVERTISEMENT

कारखानाको पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएपछि स्थानीयमा उत्साह देखिएको छ। लामो समयदेखि बन्द उद्योग सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै स्थानीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

यद्यपि, उद्योगी–व्यवसायीले कारखाना सञ्चालनको स्पष्ट मोडालिटी, लगानी संरचना र व्यवस्थापन प्रणाली सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरूले विगतका कमजोरी दोहोरिन नदिन व्यावसायिक व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

स्थानीयवासीले भने कारखाना सञ्चालन गर्दा राजनीतिक हस्तक्षेपबाट मुक्त, पारदर्शी र सक्षम व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार अध्ययनपछि प्रतिवेदनलाई थन्क्याउने होइन, त्यसका आधारमा ठोस निर्णय लिएर कारखाना सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ।

अबको मुख्य चुनौती कारखानाको अवस्था मूल्याङ्कन गर्नु मात्र होइन, त्यसपछि आवश्यक लगानी जुटाएर दिगो र व्यावसायिक ढंगले उद्योग सञ्चालन गर्नु हुनेछ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १३:४६
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !