आज यी नदी तथा खोलामा छ बाढीको जोखिम

आज यी नदी तथा खोलामा छ बाढीको जोखिम
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २५, सोमबार १०:२८
आज यी नदी तथा खोलामा छ बाढीको जोखिम

जनकपुर : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज कोसी प्रदेशका केही नदीमा बाढीको जोखिम देखिएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तलै छ।

ADVERTISEMENT

आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन। यस्तै, यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ।

ठूला नदीमा ठूलो बाढीखो खतरा नभए पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा लगायत पूर्वका केही जिल्लाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ।

त्यसैगरी आज सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा भने आज पनि जलस्तर एक्कासि बढ्न सक्ने छ।

महाशाखाले बाढीबाट हुनसक्ने जनधनको नोक्सानीप्रति सचेत रहन पनि आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !