मोर्चा सत्ताको लागि होइन, सङ्घर्षका लागि बनेको हो : सीके राउत

मोर्चा सत्ताको लागि होइन, सङ्घर्षका लागि बनेको हो : सीके राउत
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २३, शनिबार १५:३९
मोर्चा सत्ताको लागि होइन, सङ्घर्षका लागि बनेको हो : सीके राउत

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताएका छन्।

काठमाडौँमा सात दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले देश सङ्कटमा परेका बेला यो कदम चालिएको स्पष्ट पारेका हुन्।

ADVERTISEMENT

जब-जब देशमा सङ्कट आएको छ, तब-तब शक्तिहरू एकीकृत भएको स्मरण गराउँदै उनले २००७ सालअघि वा पछि पनि यसरी नै सङ्गठित भएर अगाडि बढेको उल्लेख गरे। विगतमा आफूहरूबाट भएका गल्तीहरू सुधारेर अगाडि बढ्ने प्रतिबद्धतासहित मोर्चा गठन गरिएको उनले बताए।

मोर्चाको उद्देश्यबारे प्रष्ट पार्दै राउतले भने, ‘मोर्चा सङ्घर्षका लागि बनेको हो, सत्ताका लागि होइन। अधिकारका लागि यो मोर्चा गठन भएको हो, यसले जनताको अभिभावक भएर काम गर्नेछ।’

प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार १५:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !