नेपाल प्रिमियर लिग : हरमित सिंह जनकपुर बोल्ट्सको कप्तान

नेपाल प्रिमियर लिग : हरमित सिंह जनकपुर बोल्ट्सको कप्तान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २३, शनिबार १२:२९
नेपाल प्रिमियर लिग : हरमित सिंह जनकपुर बोल्ट्सको कप्तान

जनकपुरधाम : जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी खेलाडी हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ ।

जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्चालमार्फत् हरमित सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको छ । ३४औँ वर्ष प्रवेशको संघारमा रहेका बायाँहाते स्पिनर हरमित अलराउन्डर खेलाडी हुन् । उनले एनपीएलको अघिल्ला दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।

ADVERTISEMENT

ती दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट २९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ३९ विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले तीन सय ५० रन पनि बनाएका छन् ।

यसैगरी, उनले अमेरिकी टोलीका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल्दै ३१ विकेट लिएका छन् भने दुई सय ४२ रन बनाएका छन् ।

प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !