ढल्केवरमै ट्रमा सेन्टरको माग : प्रतिनिधिसभामा सांसद चन्द्रमोहन यादवको मौन विरोध

ढल्केवरमै ट्रमा सेन्टरको माग : प्रतिनिधिसभामा सांसद चन्द्रमोहन यादवको मौन विरोध
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण २२, शुक्रबार १६:०२
ढल्केवरमै ट्रमा सेन्टरको माग : प्रतिनिधिसभामा सांसद चन्द्रमोहन यादवको मौन विरोध

जनकपुरधाम : धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने माग उठाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य चन्द्रमोहन यादवले प्रतिनिधिसभाको बैठकमा मौन विरोध जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादव केहीबेर मौन धारण गर्दै उभिएर ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। ढल्केवर क्षेत्रमा स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टरको माग गर्दै आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा उनले संसदमार्फत पनि उक्त मागलाई उठाएका हुन्।

ADVERTISEMENT

सांसद यादव मौन धारण गरेर उभिएपछि सभामुख डीपी अर्यालले सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा सरकारको धारणा प्रस्तुत गर्न निर्देशन दिएका थिए।

ढल्केवर पूर्व–पश्चिम राजमार्ग र मधेश प्रदेशका प्रमुख सडक सञ्जालसँग जोडिएको व्यस्त क्षेत्र भएकाले दुर्घटनाका घाइतेको तत्काल उपचारका लागि ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको माग छ।

प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १६:०२
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !