सर्वोच्चमा कांग्रेस विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकन निवेदन अध्ययन हुँदै

सर्वोच्चमा कांग्रेस विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकन निवेदन अध्ययन हुँदै
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २१, बिहीबार ११:२३
सर्वोच्चमा कांग्रेस विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकन निवेदन अध्ययन हुँदै

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक अध्ययन हुने भएको छ।

सर्वोच्च अदालतले निवेदन अध्ययनका लागि प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल रहेको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ।

ADVERTISEMENT

यो इजलासले खुला इजलासमा सुनुवाइ नगरी न्यायाधीशहरूको कार्यकक्ष (चेम्बर)बाटै पुनरावलोकन निवेदनको अध्ययन गर्नेछ। अध्ययनपछि पुनरावलोकनका लागि अनुमति (निस्सा) दिने वा नदिने भन्ने विषयमा आदेश जारी हुनेछ।

पुनरावलोकनको निवेदन नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पुरानो कार्यसमितिको तर्फबाट छुट्टाछुट्टै दर्ता गराएका थिए।

यदि सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेमा उक्त मुद्दाको सुनुवाइ तीन सदस्यीय पूर्ण इजलासबाट फेरि सुरुदेखि हुनेछ। तर निस्सा दिन अस्वीकार गरेमा यसअघि सर्वोच्च अदालतले गरेको फैसला नै अन्तिम र कायम रहनेछ।

प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार ११:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !