सिरहाका वन कार्यालय प्रमुखविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

सिरहाका वन कार्यालय प्रमुखविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १९, मंगलवार १०:३०
सिरहाका वन कार्यालय प्रमुखविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहित फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

ADVERTISEMENT

अनुसन्धानका क्रममा यादवले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।

यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार १०:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !