काठमाडौंको गोठाटारमा काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौंको गोठाटारमा काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी
राधेश्याम राउत राधेश्याम राउत २०८३ श्रावण १६, शनिबार २२:५९
काठमाडौंको गोठाटारमा काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं: काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार राति करिब ९:३० बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ । लागेको आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।

प्रहरीका अनुसार आगो अहिले नियन्त्रणको चरणमा पुगेको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार २२:५९
राधेश्याम राउत

राधेश्याम राउत

लेखक

तपाईको प्रतिक्रिया !